नागरिक स्वतन्त्रता र कम्युनिष्ट शासनको अन्त्य ! – Satabdi News

नागरिक स्वतन्त्रता र कम्युनिष्ट शासनको अन्त्य !

नेल्सन घलान

जुन देशमा Openness, freedom of speech, Easing of media consorship जस्ता नागरिकका आधारभूत अधिकारहरुलाई दबाउन सकिन्छ त्यहि मात्र नै कम्युनिष्ट बिचार धारा सप्रिन्छ भन्ने कुरा इतिहासले पनि बताइसकेको छ र यो कुरा कम्युनिष्टहरुलाई राम्ररी नै थाहा भएको हुनुपर्दछ । कम्युनिष्टको जन्मभुमि मानिने रसियाको इतिहास हेर्ने हो भने जहाँ सन १९१७ मा Russian revolution भयो र त्यस्को ४ बर्स पछि सन  १९२२ मा Estonia, Latvia, Lithuania, इत्यादि गरि जम्मा १५ राष्ट्रहरु मिलि Union of soviet socialist republica को स्थापना हुन पुग्यो । दोस्रो विश्वयुद्द भन्दा पहिला यी Estonia, Latvia, Lithuania एक स्वतन्त्र राष्ट्र्हरु थियो । जब सोभियत युनियनको स्थापना भयो तब बाट नै One party system ल्याइयो अर्थात् कम्युनिष्ट पार्टि मात्र सत्तामा रहने साथै Centralized economy & planning अर्थात् हरेक स्थानमा राज्यको नियन्त्रण हुन लाग्यो । जस्ले गरेर Free market economy प्रणाली हुन सकेन, यसैको कारण सन १९२८ देखि १९८५ सम्म सिङ्गो सोभियत संघको नै ब्यापार निरन्तर ओरालो लागेको थियो ।

Mikhail Gorbacher जो सन १९८५ मा ५५ बर्सको उमेरमा सोभियत युनियन, कम्युनिष्ट पार्टिको General Secretary पदमा निर्वाचित हुन पुग्यो । उहाले Socialism लाई प्रोत्साहन र Economy लाइ बढुवा दिन २ वटा policy हरु “Glasnost” र “Perestroika” ल्याइयो । यहि policy नै सिङो सोभियत सघ र कम्युनिष्टहरुको अन्त्यको कारण बन्न पुग्यो ।

के थियो त Glasnost र Perestroika भन्ने निति ?

(1) “Glasnost” policy अन्तरगत अब Openness, Freedom of speech, Easing of media consorship, Earlier records declassified

(2) “Perestroika” अन्तरगत Restructuring, Reformation, Soviet political & economic structure, elections

अब सोभियत संघको यो नितीबाट राज्यमा एकल पार्टी system नहुने भो, जनताले स्वतन्त्र पुर्वक लेख्न र बोल्न पाउने भो यहि नितिमा टेकेर कम्युनिस्ट सरकार को ज्यादती बाट आर्जित भएको Estonia, Latvia, Lithuania ले सर्वप्रथम सन १८८७ मा स्वतन्त्र राष्ट्रको माग गर्यो । त्यस लगतै सन १९८९ देखि १९९१ सम्म Year of revolution को दौड नै सुरु भो, अर्थात् सोभियत युनियन अन्तर्गत रहेको Poland, Hungary, Bulgaria, Romania सबैमा कम्युनिष्ट सरकारको नियन्त्रणबाट स्वतन्त्र हुन राष्ट्रबादी आवाजहरु उठ्न थाल्यो । यसलाई दबाउन Romania राष्ट्रका कम्युनिष्ट सरकार प्रमुखले धेरै पहल गरेता पनि पछि उक्त कम्युनिष्ट सरकार प्रमुख Ceaușescu र उसको श्रीमती Elena लाई त्यहाका जनताले नै Live मा नै मारेका थिए । यसरी एक – एक गर्दै पछि १५ वटा नै मुलुक सोभियत संघबाट अलग भयो । सिङ्गो रसिया टुक्रा-टुक्रा मा परिणत भयो । पछि ति स्वतन्त्र भएका मुलुकहरुमा चुनाव गराउदा सबैबाट कम्युनिष्ट बिचारधाराले हार खानु पर्यो अर्थात् असफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नागरिक स्वतन्त्रता र कम्युनिष्ट शासनको अन्त्य !" A few seconds ago

सम्बन्धित खवर