युटुबको ट्रेन्डिङ १ मा नेपाली चलचित्र पासवर्ड – Satabdi News

युटुबको ट्रेन्डिङ १ मा नेपाली चलचित्र पासवर्ड

बेलबारी । सम्राट बस्नेतद्दारा निर्देशनमा तयार पारिएको नेपाली चलचित्र युटुबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । बिश्वमा महामारीको रुपमा फैलिन्दै गरेको कोभिड १९ संगै नेपालमा लकडाउनको सदुपयोग गर्दै नेपाली चलचित्र हेर्ने नेपाली दर्शकको रोजाईमा पहिलो चलचित्र भएको छ ।

चलचित्रमा कलाकारहरु अनुप बिक्रम शाही, शन्नी लिवन, बुद्धि तामाङ, रबिन्द्र झा, प्रबिन खतिवडा, धीरेन शाक्य, परी राना, बिक्रम बस्नेत, लीजा सुनार र छुल्टिम गुरुङ रहेको छ । चलचित्रमा पोर्न स्टार शन्नी लिवनको आईटम नाच निकै रोचक रहेको छ । चलचित्रको अबधी २ घन्टा ४ मिनेट ४६ को रहेको छ । बैशाख १ गते युटुबमा लगाएको आज पाचौं दिनमा साझ ६:३० बजेको रेकर्ड अनुसार २६२७९९५ दर्शकले हेरेको पाईन्छ । चलचित्र एक्सन र मनोरञ्जनले भरिपुर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युटुबको ट्रेन्डिङ १ मा नेपाली चलचित्र पासवर्ड" A few seconds ago

सम्बन्धित खवर