भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिको स्वाब पिसिआर बिधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि त्यसको भेरिफाइ गर्न स्वाब काठमाडौ पठाइएको हो ।
भरतपुर अस्पतालबाट ३६ वटा नमुना परिक्षणको लागि प्रयोगशाला पठाइएको थियो । बिहीबार बेलुका ३१ वटाको मात्र रिपोर्ट नेगेटिभ थिए र अन्य पाँच वटाको राति अबेर रिपोर्ट प्राप्त हुँदा दुर्इ वटामा पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरु राप्तीका स्थाई बासिन्दा हुन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौले परीक्षण गरेपछि कोरोना हो होईन भन्ने पुष्टी हुन्छ । नतिजा पोजेटिभ देखिए पनि अहिलेसम्म कुनै खाले लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ ।
बुधबार र्यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुमध्ये आमा र एउटा छोराको नमुना पिसिआर बिधिबाट परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।