वायुसेवा निगमको अध्यक्षमा शुशिल घिमिरे नियुक्ति – Satabdi News

वायुसेवा निगमको अध्यक्षमा शुशिल घिमिरे नियुक्ति

बैशाख ४, काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिमिरेलाईलाई नियुक्त गरेको हो । पूर्व पर्यटनसचिवसमेत रहेका घिमिरेलाई सरकारले ४ वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

घिमिरे लक्ष्मी बैंकका अध्यक्षसमेत हुन् । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले गत माघमा राजीनामा दिएका थिए । बिगत ३ महिना देखी अध्यक्ष पद खाली रहेको ठाउँमा घिमिरेलाई नियुक्ति गरिएइजको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वायुसेवा निगमको अध्यक्षमा शुशिल घिमिरे नियुक्ति" A few seconds ago

सम्बन्धित खवर