प्रेम पत्र २०७७ ! – Satabdi News

प्रेम पत्र २०७७ !

लक्ष्मी राना मगर

प्रिय २०७७ !
मनभरिको माया
तिमीलाई घरको मुल ढोकामा उभिएर स्वागत गरिरहेको छु स्वीकार गर यो देशका रोगीहरुको ।

आज हामीलाई उल्लास र रमाइलो भन्दा पनि तिम्रो साथको खाचो छ, भरोसाको खाचो छ, तिमीले पुर्‍याउने ती खुशीहरुको खाचो छ, अनुहारमा मुस्कानको खाचो छ अनि आफ्नो मान्छेहरुको न्यानो काखको खाचो छ । तिमी एक धरोहर हौँ, जसमा हामी आड लिएर लामो श्वास फेर्दै भन्न सकौं तिमीलाई…

प्रिय २०७७ !

तिमीले गर्दा बाचौं आज “ती बुढा बा आमाको लठ्ठि हुनु तिमी, ती गरिब मजदुरको पेटभरिको खाना र नाना बन्नु तिमी, असाहय अशक्त अपांगता भएका व्यक्तिको साहारा बन्नु तिमी, युवाहरूको जोश जागर बन्नु तिमी, बेरोजगार ती सक्षम युवाहरुको आय स्रोत बन्नु तिमी । संसारको कुनै त्यस्तो बलियो चिज नआओस् जहाँ तिम्रो हार र कोरोनाको जित होस् । तिमी माथिको आशालाई आज देशको विषम परिस्थिति सङ्ग जुध्न सक्ने आट अनि भरोसालाई अङ्गालेका छौँ, छोडिदेउ मस्ती रमाइलो अनि खुसिका ती माहोललाई ज्यान बाचिएछ भने २०७८ मा ब्याज सहित तिमीलाई तिरौला नि हुन्न ? तर हेर न ! देश आज कति लाचार र कमजोर बनेको छ, हेर त यहाँ कति गरिब भोकभोकै मरेका छन्, कति बिरामी उपचार नै नपाइ मरेका छन्, कति कार्यलयका कर्मचारी घर भित्र थुनिएर बर्तमान र भबिस्य अन्यौल पारेर गुम्सिरहेका छन् । कति बाआमा लठ्ठी नभेटिएर थुप्रो परेर बसिरहेका छन् । अनि हेर ती अपांगता भएका व्यक्तिको जिन्दगीलाई जहाँ आशाको अलि कति किरण पनि उदाएको छैन ! तिमी आयौं अकस्मात २०७६ ले यो दु:खद घडिलाई अन्त्य नै नगरी छोडेर गयो । सम्झाएको त हो यति ठूलो भारी २०७७ लाई नबोकाइदेउ तिमीले सुरुवात गरे पछि अन्त्य पनि तिमी नै गर भनेर कत्ती भनियो तर अह ! मानेन भन्यो “२०७७ सङ्ग नयाँ जोस जागर छ म थाके” भनेर बाइ भनेर गयो अब तिमी आफै भन २०७७ आज दुनियाँ सखाप पार्ने डर लाग्ने यस्ता भाइरस किन आयो ?

आशा ठूलो बोकेका छौँ हामीले जहाँ आगो निभी सकेको चुल्होमा पुनः आगो बोल्नेछ, कार्यलय बन्द भएर बेरोजगार हुन बाध्य भएका मान्छेहरुको घरको दियो बल्नेछ, ती बुढा बा आमाको बुढेसकालको लौरी बन्नेछ, अपांगताको साहरा बन्नेछ, अनि गरिबको पेट भर्ने खजना बन्नेछ ।

प्रिय २०७७ !

तिमिले दिने खुसिहरुको लागि हामी आतुर छौं पुनः खुसीका फुलहरु मौलाउनेछ भनेर, भ्रष्टाचार, ठगी, हत्या, बलात्कार अनि त्यति मात्र कहाँ हो र अहिलेको अवस्थामा स्वास्थ माथी नै चलखेल गर्ने ती पापी दानबहरुको भ्रष्ट गरिदिनु र बिश्व माथी आइपरेको यो विषम परिस्थितिलाई अन्त्य गराईदेउ बस कोरोना मुक्त बनाइदेउ । मेरो देशलाई जहाँ म सुखको लामो स्वास फेर्न सकु बर्ष भरी ।

प्रिय २०७७ !

छ यहि शुभकामना !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रेम पत्र २०७७ !" A few seconds ago

सम्बन्धित खवर