पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सन्देश – Satabdi News

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सन्देश

 

देश बिदेशमा रहनुभएका प्रिय दिदिबहिनी तथा दाजुभाईहरु,

नमस्कार,

यति बेला हामी हाम्रो जिवनको अत्यन्त कठिन मोडबाट गुर्जिराखेका छौँ । काबिड– १९ भनिने कोरोना भाइृरसको महामारीले आज सम्पुर्ण बिश्व नै आक्रन्त छ । यति बेला विश्वको आधा जनसंङ्गख्या लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । म, यो देशको पुर्व प्रधानमन्त्रीको हैसयतले यो कठिन घडीमा कोरोना भाईरसको महामारी संग जुध्न अग्रपंतिmमा रहेर लडिरहनु भएका चिकित्सकहरु, स्वास्थकर्मीहरु, सरक्षाकर्मीहरु, मिडियाकर्मीहरु सबैेलाई हार्दिक धन्यबाद भन्न चाहाँन्छु र साथसाथै यस्तो जटिल अवस्था पनि जनसमुदायलाई आपुर्ति उपलब्ध गराएर खाद्यन्न, दुध, फलफुल, तरकारी, पानी लगायत बिजुली लगायतको आपुर्तिमा लाग्नु भएका सफाई गरेर हामीलाई स्वास्थ जिवन प्रदान गर्नुहुने सफाई कर्मचारी लगायत हार्दिक धन्यवाद भन्न चाहान्छु ।

साच्चै नै दिदीबहिनी दाजुभाईहरु यो एउटा विचित्र अनुभाव तपाई हामी सबैले गरिरहेका छौ । अहिले हामी सबै घरमा थुनिएर बस्नु परेको अवस्था छ । यस्तो बेलामा हामीलाई बिभिन्न प्रकारको तनावहरु उत्पन्न हुने, आशंकाहरु उत्पन्न हुने स्थिति पनि बन्छ ।

मनोबिज्ञान व्याताहरु, योगशास्त्री भन्ने गर्छन यस्तो बेलामा जति तनाव मुतm हुनसक्यौं, सकारात्मक सोच राख्नसक्या, उति हाम्रो प्रतिरोधि क्षमता बढ्छ र यस्ता रोगहरुलाई हामीले प्रतिरोध गर्न चाहि हामी सक्छौ, त्यसैले म यँहाहरुलाई आग्रह गर्न चाहान्छु । हामीले यतिबेला तनावमा पर्ने, चिन्ता गर्ने हाईन, चिन्तन गर्ने र यो महाव्यादी पछि पनि जिवन रहन्छ संसार रहन्छ र हामी अझै सुखमय जिवन बिताउन सक्छौं भन्ने सकारात्मक सोच हामीले राख्नु पर्छ ।

कल्पना गर्नुस त हाम्रो देश कति सुन्दर छ तपाई घरबाट कैसीमा ओर्लनुहोस अथवा आगनमा ओर्लनुहोस वरिपरि हिमाल, पहाड, तराई, मदेशका कति सुन्दर भुमिहरु, दृश्यहरु हामीले देख्न सक्छौ कति आनन्द अनुभुति हुन्छ । यस्तो एउटा परिवेश छ भने सास्कृतिक रुपमा हामी नेपालीहरु एउटा पारिवारीक परिबेशमा बस्ने, घरपरिवारमा रमाउने, यस्तो सामुहिक भाव पनि हामी संग छ । त्यसो भएको हुनाले हामीले आ–आफ्नो रुचि अनुसार आफुलाई ब्यास्त राख्ने किन कि यो हामी आफैबाट अलग भएर बसेको अवस्था होईन बास्तबमा हामीले हाम्रो यो मुख्य दुश्मन कोरोना भाइृरस छ त्यसलाई अल्गाएको अवस्था हो । हामीले उसलाई बन्दाबन्दी गरेको, बास्तबमा किनकि यसको चरित्र भनेकै एउटा व्यक्तिबाट अर्का व्यक्तिमा सर्छ त्यो, त्यसो भएकाले सर्न नदिकाको निम्ति हामीले केही समय यसरी अलग रहनु परेको अबस्था हो । यसमा हामी स्पष्ट रहनू भने हामी तनाव मुतm रहन सक्छौ र यो रोगलाई हामी परास्त गर्न सक्छौ । साथै जो बिदेशबाट आउनुभएका हाम्रा हजारौ यवा साथीहरु हुनुहन्छ उहाहरुलाई बिशेष आग्रह छ । तपाईहरु आफ्नो देशको आफ्नो पविारको मायाले यँहा आउनु भएको छ, त्यसैले यो भाईरसलाई हामीले रोक्ने हो भने हामीले कमसेकम दूईहप्ता तपाई एकान्त बासमा बसेर मात्र आफनो परिवार संग जोडिनूहोस, त्यसो हुदा मात्रै तपाईको र तपाई परिवार र आफ्नो प्रियजनको सुरक्षा हुन्छ । यो महामारी राज्य र नागरिक वीचको सहकार्यले हामीले यसलाई परास्त गर्न सक्छौ, मुख्य दायित्व राज्यले लिने हो भने, निति निर्माण गर्ने हो, त्यसलाई कार्यन्यन गर्ने हो र आम जनताको सहभागीता त्यसमा भएन राज्य र जनताको बीचमा सहकार्य भएन भने पनि यसलाई हामीले परास्त गर्न सकिदैन, संघ, प्रदेश र स्थानियको बचिमा उपयुतm तालमेल मिलाउने र मुख्यत स्थानिय तहमा एउटा सर्वपक्षिय संयन्त्र निर्माण गरेर हामीले सहकार्य गयौं भने हामीले यसलाई परास्त गर्न सक्छौ ।

यस्तो बेलामा हाम्रो जिवन कि स्वतन्त्रता भन्ने हाईन, हामीलाई जिवन र स्वतन्त्रता दवै चाहिन्छ, त्यस अर्थमा चाहि राज्यले यो तत्काल जनतालाई राहत दिने बिषमा गम्वीरतापुर्वक योजना बनाउने कोरोना पछि पनि जुन एउटा नँया आर्थिक संकटबाट उठेर देशलाई संमृद्घ बनाउने पुर्ण निर्माण र नव निर्माण गर्ने योजना हुन्छ त्यो निर्माणमा राज्यले भुमिका निर्वाह गर्नुपर्छ, त्यस निम्ति हामीले आफ्नो पाटी दलगत घेरा भन्दा माथि उठेर हामीले स्वास्थमा तत्काल के गर्नै स्वास्थ बिज्ञहरुको राय लिएर कार्यहरु गर्ने र आर्थिक क्षेत्रमा कसरी जाने भन्ने बिषयमा चाहि बिभिन्न बिज्ञहरुको सहयोग लिएर जाने ढङ्गगले राज्यले पनि सोच्नु पर्छ , र हामी नागरिकले पनि आ–आफ्नो ठाउँबाट राज्यलाई सघाउनु ढङ्गगले हामी जानु पर्छ यो अभियनामा एकताबद्घ ढङ्गगले अगाडि बढेर यसलाई परास्त गर्ने सक्नेछन् । किनकि मानव जाति नै एउटा चेतनशाील प्राणी हा,े जसले आफ्नो सोच्न सक्छ, अरुबाट सिक्न सक्छ, र आफु सोच्ने र परास्त गर्ने एउटा निति निर्माण गर्न सकछ । त्यसो भएको हुनाले अन्तत् मानव जातिले यो कोरोना भाईरसलाई पराजित गर्छ र मानव सभ्यता अगाडि बढ्छ त्यसको निम्ति तपाई हामी सब एकजुट भएर अगाडि बढौं । आफु बचौं, अरुलाई बचाउ, सकारात्मक सोच राख्यौं ।

धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सन्देश" A few seconds ago

सम्बन्धित खवर