२६ चैत, हतुवागढी । भोजपुरको हतुवागढी गाउपालिकाका बरिष्ठ साहित्यकार, समाजसेवी तथा लेखक भुईदल राईको निधन भएको छ ।
हतुवागढी गाउपालिका –३ सिन्द्राङमा जन्म भई हाल इटहरी बस्दै आएका साहित्यकार राईको ९२ वर्षको उमेरमा बुधबार धरानमा निधन भएको हो ।
साहित्यकार राई जिल्ला पञ्चायत सभापति, अञ्चल पञ्चायत सचिव हुँदै राष्ट्रिय पञ्चायतको माननीय समेत भएका राईलाई उनको क्षेत्रको ताराको रुपमा मान्ने गरिन्छ । ‘बुङ्वाखा –बिष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ २०७१ बाट सम्मानित साहित्यकार राईले किरात राईहरु मध्येमा पहिलो पटक आफ्नो नाम ‘भुइँदल राई’ लाई बान्तावा भाषामा “थाम्पुक ल्हिम किरात” रुपान्तरण गरि आफ्नो नागरिकतामा समेत पुनः संशोधन गरेका थिए ।
उनी पछिल्लो समय हेभेन्ली पाथ नेपालको सल्लाहकारको रुपमा र अन्य बिभिन्न संघ संस्था पनि सल्लाहकारकै भुमिका निर्वाह गर्दे आईरहेको थियो ।