सलकपुरको बनमा प्रहरी र शिकारी वीच गोली हानहान ; तीन शिकारी पक्राउ – Satabdi News

सलकपुरको बनमा प्रहरी र शिकारी वीच गोली हानहान ; तीन शिकारी पक्राउ

२१ चैत, सुन्दरहरैचा । सुन्दरहरैचाको सलकपुरमा रहेको घना जंगलमा प्रहरी र सिकारी बिच गोली हानाहान भएको छ । शुक्रबार विशेष सुचनाको आधारमा शिकार खेलिरहेको बेला सशस्त्र प्रहरी बल सलकपुरको टोलीले तीन जना सिकारीलाई पक्राउ गरेको छ ।

शिकार खेलिरहेको अवस्थामा आकस्मिक भेटघाट भए पछि प्रहरी र शिकारी वीच गोली हानहान भएको हो । धेरैको संख्यामा रहेको सिकारी संग आकस्मिक भेट भएपछि सिकारीले फायर गरेको पछि त्यसको जवाफि फायर गरेको सशस्त्र प्रहरी बल सलकपुर जनाएको छ ।

सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ भने बाकी चाहि फरार रहेको छ । उनीहरुको साथबाट २ नाल भरुवा बन्दुक पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा केराबारी गाउपालिका आमजुगीका ३५ वर्षिय डम्बर बहादुर जोगी, सोही ठाउका छु वर्षिय किसान कार्की र झापा धाइजनका २७ वर्षिय किरण धिमाल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सलकपुरको बनमा प्रहरी र शिकारी वीच गोली हानहान ;..." A few seconds ago

सम्बन्धित खवर