प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :- विद्यार्थी नेता अशोक राई – Satabdi News

प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :- विद्यार्थी नेता अशोक राई

आफु बचौ र अरुलाई पनि बचाउ !

अशोक राई

सरकारले देशब्यापी रुपमा कोरोनाबाट बच्न हिजोबाट लोकडाउन गरेको छ, जसको उल्लंघनमा प्रहरी र उर्लाबारीको मेयरले कुटेको भिडियो यतिखेर सामाजिक संजालमा भाईरल वनेको छ । लठ्ठीले कुट्नु हुने र नहुने बिचको बिषयमा आ-आफ्नो तर्क/बितर्क पनि राखेको देखिन्छ ।

सरकार समयानुकूल क्रूर हुनु सक्नु पर्छ, तर त्यो क्रूर जनता र राष्ट्रको हितको लागी हुनु पर्छ । भिडियोमा देखिएको प्रहरी र मेयरको क्रुर व्यबहार कसको लागी हो र किन ? यो पनि हामीले बुझनु पर्छ । यो पनि तर्क गरेको देख्छु जो एक छाकको लागी काम गर्ने श्रमिकले बाहिर काम नगरी कसरी पेट पाल्छ सक्छ ? जुन कुरा यथार्थ हो, र म श्रमिककै पक्षमा नै वकालत गर्छु पनि । श्रमिकको पक्षमा वकालत गरिराख्दा के श्रमिकहरुले सरकार लगाएको लकडाउनको उल्लंघन गर्नु के ठिक हो त ? के हामी बसेको आ-आफ्नो गाउ वा टोलमा यस्तो मजदुरी गर्ने श्रमिकहरुको पेटको लागी स्थानीय सरकार वा हामी आफनै टोलबासीले उहाँहरुको गासको लागी सहयोग गर्न सक्दैनन् र ? राज्यले यथाशीघ्र श्रमिक र अन्य नागरिकको लागी खाद्यान्नको ब्यबस्था गरिदिनु पर्छ ।

किन कि यो समय भनेको घरमा मै बस्नु, घरबाट बाहिर ननिस्कनु नै सरकारले लगाएको लकडाउन हो । जसको मर्म हामीले पनि बुझ्नु पर्छ । कोरोनालाई नियन्त्रण गर्नु सरकारको मात्र दायित्व होइन हामी सबै जनताले घरमा (क्वारेन्टाइन) बसेर सहयोग गर्नु पनि हो । त्यसैले प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :-..." A few seconds ago

सम्बन्धित खवर