देशभरको सबै न्यायलयहरु चैत २१ गते सम्म बन्द रहने – Satabdi News

देशभरको सबै न्यायलयहरु चैत २१ गते सम्म बन्द रहने

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्नको लागी आजबाट देशभरका न्यायालयको काम कारबाही दुई साता सम्मको लागी बन्द हुने भएको छ । सर्वोच्च अदालतका उच्च स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही स्थगित हुने बताएका छ्न ।

आज बसेको सर्वोच्चको ‘फूल कोर्ट’ ले यस्तो निर्णय गरेको हो।

सर्वोच्च अदालत, विषेश सहित देशभरका उच्च अदालत, जिल्ला अदालतहरु अनि विभिन्न न्यायाधीकरणहरुको काम कारबाही चैत २१ गतेसम्म स्थगित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "देशभरको सबै न्यायलयहरु चैत २१ गते सम्म बन्द रहने" A few seconds ago

सम्बन्धित खवर