७ चैत, बेलबारी । बेलबारी नगरपालिकाले कोरोना भाईरसको संङकमण फैलिन नदिनको लागि शुक्रबारबाट हात धुने सुविधाको व्यवस्था गरेको छ ।
शुक्रबार देखि नगरपालिकाले हात धुने व्यवस्था सुरु गरिको प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।
नगरपालिकामा आउने सबै सेवाग्राहीलाई मध्यनजर गर्दै अनिवार्य हात धुने सुविधाको व्यवस्था गरिएको हो ।
कोरोना भाईरसको संङकमण नहटे सम्म हात धुने सुविधा राखिने नगरपालिकाले जनाएको छ ।