पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चिया ” – Satabdi News

पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चिया ”

धरान । चिया स्टेसन हो । क्याफे होईन । तर पनि अन्य चिया पसल जस्तो काठको बेर्नची छैनन् । काठको टेबल र काठको समान्य टुल छन । कुर्सी छैनन् । मुडा छन् । चिया खाने बजारिया चल्तीका ग्लास छैनन् । माटोका कप (मट्का) छन् ।

धरान – १९ धनकुटे रोड स्थित विरेन्द्र चोकको उत्तर पट्टिको खरानी रङ लगाएको घरको सटरमा ” चिया स्टेसन ” रहेको छ । यो चिया स्टेसन धरानमा भने पहिलो पटक खोलिएको संचालक किरण राई बताउछ । उनी भन्छ ” काठमाडौं जादा त्यहा बस्दा केही साथीहरु मड्का चिया खाउ भन्थे । नभन्दै उनीलाई पनि मिठो लाग्न थाल्यो । त्यस पछि उनीले धरानमा चिया स्टेसन खोल्ने निर्णय गरे । लगतै धरान आए पछि उनि ” चिया स्टेसन ” नाम गरेको पसल संचालन गरे । ”

 

सुरु सुरुमा केही दिन अलि ग्राहकको कम हुन्थ्यो । तर पछि समय वित्दै जादा अहिले दैनिक २०० देखि ३०० कप सम्म चिया बेच्ने गर्दछ । उनी भन्छ ” यहा आउने ग्राहकहरुलाई स्वादिलो चिया खुवाउन पाउदा खुसी छु ” । चिया मात्र होईन यहा विभिन्न फेल्लेबरको लसी, पनिर मस्म, आदि परिकारहरु पाईन्छ । यहा अरुको तुलना मुल्य पनि अलि कम छ । सानो मड्काको रु ३०, ठुलोको ६० रहेको छ ।

चिया स्टेसनको सेवा अवधि बिहान ६ बजे देखि साझ ८ बजे सम्म् रहेको संचालक किरण राईले बताए । ग्राहकहरु त्यहा जादा उनीले नर्मका र मायाका साथ स्वागत गर्छन ।

यहा निक्कै मिठो र स्वादिलो मड्का चिया पाईने भएकाले साथै बस्नलाई पनि आनन्दित हुने भएको त्यहा आउने एक ग्राहकले शताब्दी न्युजलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चि..." A few seconds ago

सम्बन्धित खवर