बजार अनुगमन गर्ने संयुक्त विधाथी संगठनको प्रतिबद्धता – Satabdi News

बजार अनुगमन गर्ने संयुक्त विधाथी संगठनको प्रतिबद्धता

४ चैत्र, काठमाडौ । नेपाली बजारमा कोरोनाभाइरसको त्रास फैलिएको संगै दैनिक उपभोग्य समानहरुको कृतिम अभाव सृजना हुदै गएको भन्दै उच्च सतर्कता अपनाइरहेको बेला यता विद्यार्थी संगठनहरुले बजार अनुगमन गर्ने निर्णय गरेका छन् ।
आज बसेको संयुक्त विधाथी संगठनहरुले बजार अनुगमन गर्ने निर्णय गरेको हो । अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायत विद्यार्थी संगठनले मंगलबार काठमाडौंमा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो।
यसै वीच बैठकमा सहभागी समाजवादी विधाथी युनियनका अध्यक्ष रुपनारायणले बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिएका छन । अनेरास्ववियूका नेता आरसी लामिछानेका अनुसार विद्यार्थी संगठनहरूबीच भएको छलफलले बजार अनुगमन गर्ने निर्णय गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बजार अनुगमन गर्ने संयुक्त विधाथी संगठनको प्रतिब..." A few seconds ago

सम्बन्धित खवर