कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्मालाई नेता सुनिल शर्माको खुल्ला पत्र – Satabdi News

कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्मालाई नेता सुनिल शर्माको खुल्ला पत्र

प्रिय विश्वप्रकाश शर्मा ज्यू (नेपाली काँग्रेस प्रवक्ता)
केही अघि सम्म मेरो रोलमोडल नेता………..
यहाँका केही दिन देखिका गतिविधी देखेर यहाँलाई केही भन्नै पर्ने महशुस भयो …..
एयरकण्डिसन भएको हल हो पार्लियामेण्ट भवन, अनि पार्लियामेण्ट जान किन नरोक्नु भएको काँग्रेस पार्टीले आफ्नै सभासदहरुलाई, विद्यालय बन्द हुने, परीक्षा रोक्नु पर्ने अनि तपाई अति विशिष्टहरु दैनिक बस्ने पार्लियामेण्ट हलको सयौंको भिड चै नरोक्नु पर्ने कारण के हो ? कि कोरोना हामी गाँउमा भएका सोझा साझा निमुखा गरिव भाउन्नेका जनतालाई मात्र लाग्ने भाइरस हो हजुर ? सवैलाई बचाउने योजना बनाउन् भए राम्रो ……
केही दिन अघि सम्म मलाई आशा थियो अव तपाई जस्ता जुझारु यूवा नेताहरुले हाम्रो पार्टी लाई राम्रो बाटोमा लगाउनु होला भनेर तर अनायास त्ये सोचमा तुषारापात भयो, उकुसमुकुस भयो तपाई कति गैर जिम्मेवार ढंगले बायस हुनु हुन्छ भनेर…..
त्यसैले मैले यो स्ट्याटस राख्ने निर्णय गरे …..
मेरो कुरामा सत्यता नभए जनता र कार्यकर्ताले थाहा पाउने गरी जवाफ दिनु भए हामी जस्ता सोझा साझाले कोरोनाको बारेमा जान्ने मौका पाउथ्यौं की ?
तपाईले फितलो र हल्का तर्क दिनु होला संसदिय दलको काम हो त्यो भनेर ….
कृपया एउटा झुट छोप्न अरु धेरै नयाँ झुटमुट बोलेर तपाईको कद नघटाउदा राम्रो होला महामहिम ……..
नेत्री मन्जु खाँडको सिराह र जनकपुरको दुवै कार्यक्रममा कोरोना नआउने ……..
मेरो आदरणिय नेता बालकृष्ण दाईको ललितपुरको कार्यक्रममा कोरोना नआउने अनि मोरङ्गको भाउन्नेमा आयोजित कार्यक्रम, शेखर कोइराला र सुजाता कोइरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउने ….. यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो हजुर ?????
कृपया तपाई आफै ब्रम्हनालमा छु भन्ने कल्पेर अनि महामानव वि. पि. कोइरालालाई सम्झेर सवै कार्यकर्ताले बुझने गरी जवाफ दिनु होला भन्ने अपेक्षा राखेको छु ……
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्मालाई नेता सुन..." A few seconds ago

सम्बन्धित खवर