सुनसरी जिल्ला सम्मेलन विवादमा ; आफु खुसी गरेको सचिव चन्द्र किरातीको आरोप – Satabdi News

सुनसरी जिल्ला सम्मेलन विवादमा ; आफु खुसी गरेको सचिव चन्द्र किरातीको आरोप

३० फागुन, धरान । किरात राई विद्यार्थी संघ सुनसरी जिल्लामा विवाद देखिएको छ ।
गएको बिहीबार मात्र जितेन राई नेतृत्वका विद्यार्थीहरु समुहले धरानमा जिल्लाको सातौं सम्मेलन गरेर निता राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको थियो ।
यसै गरी सुनसरी जिल्ला सचिव चन्द्र किरातीलाई कुनै आधिकारिक जानकारी विना नै सम्मेलन गरेको आरोप लगाएका हो ।
सचिव किरातीले विज्ञप्ती जारी गर्दै मलाई लगायत मेरो समुहको साथीहरुलाई कुनै जानकारी नगराएर एक्लैटी ढङ्गबाट गरेको जिल्ला सम्मेलन स्वीकार नगर्ने बताएका छन् । ‘
यस्ता कार्यले संघको गरिमामा गम्भीर आँच पुर्याउने साथै संघको लोकप्रियता समेत गुम्ने खतरा बढेर गएको छ । यसर्थ, यस्ता घृणित कार्य तत्काल रोक्न हामी सम्बन्धित पक्षलाई सुझाव गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै सचिव किरातीले अब चाडै नै सुनसरी जिल्लाको आधिकारिक सातौं सम्मेलनको मिति र स्थान तय गरि सबैलाई जानकारी गराएर मात्र सम्मेलन गरिने बताएका छन् ।
विवादका बेला सुनसरी जिल्ला सम्मेलन रोक्न लगाएर समाधानमा जानुको सट्टा उल्टै जितेन राई पक्षकालाई उचालिरहेको रामचन्द्र राई पक्षको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनसरी जिल्ला सम्मेलन विवादमा ; आफु खुसी गरेको ..." A few seconds ago

सम्बन्धित खवर