धरान । समाजबादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको चैत १ र २ गते धरानमा हुने भनिएको लिम्बुवान राष्ट्रिय भेला स्थगित भएको छ ।
समाजबादी पाटि लिम्बुवान राष्ट्रिय समितिद्धारा सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सरकारले सभा सम्मेलन नगर्न भनेको र कोभिड १९ कोरोना भाईरसको नेपाल पनि उच्च जोखिममा रहेकोले राष्ट्रिय भेला स्थगित गरिएको राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताउनुभयो । सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायहरुले कोरोनाको जोखिम हुन सक्ने भन्दै सभा सम्मेलन नगर्न आव्हान गरेकोले समय अनुकुल बने पछि पुनः लिम्वुवान राष्ट्रिय भेला गर्ने बताएको छ ।
सम्मेलनमा वितरित विज्ञप्तीमा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएर पनि भेला स्थगित गर्नुले आमन्त्रीत प्रमुख अतिथि, विशेष अतिथि, १० प्लसका नेताहरु, विभिन्न दलका नेताहरु, लिम्वूवानका सवै जिल्लाका नेताहरु, स्वायत्त क्षेत्र समितिहरु, नगर तथा गाउपालिका समितिहरु, सम्पुर्ण प्रवास समितिहरु, समाजबादी युवा संघ, समाजबादी महिला संघ, समाजबादी विद्यार्थी युनियन, जनसांस्कृतिक महासंघ, लिम्वुवान समिति, प्रेस नेपाल, तमाम सुभेच्छुक सुभचिन्तकहरुमा भेला स्थगित गर्नुपरेकोमा क्षमायाचना गरेको छ । कार्यक्रममा बोल्दै लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले लिम्बुवान प्राप्तीको आन्दोलनलाई अब निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले लिम्बुवान लिम्बुवानी जनताको साझा माग रहेकोले कसैले रोक्न चाहादैमा नरोकिने समेत बताउनुभयो । पत्रकार सम्मेलनमा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, उपाध्यक्ष जेन्टल लावती, सचिवालय सदस्य तथा समाजवादी पार्टि धरान उपमहानगरपालिकाका अध्यक्ष ताजुब लिम्बु लगायतको उपस्थिती रहेको थियो ।