धिमाल विद्यार्थीलाई छात्रवृत्ति – Satabdi News

धिमाल विद्यार्थीलाई छात्रवृत्ति

उर्लाबारी । धिमाल विद्यार्थी छात्रवृत्ति अक्षयकोषले तीन जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
शनिबार उर्लाबारी–३, मंगलबारे स्थित धिमाल जातिय विकास केन्द्र, परियोजना स्थलमा आयोजना गरिएको कार्यक्रममा तीन जनालाई छात्रवृत्ति स्वरुप जनही १० हजार ५ सय रुपैयाँ प्रदान गरिएको हो । झापाको दमक–९ की बिबिएस, पहिलाे वर्ष अध्ययनरत सर्मिला धिमाल, उर्लाबारी–८ का बिएड, पहिलाे वर्षमा अध्ययनरत गोकुल धिमाल र बेलबारी–९ की बिबिएस, पहिलाे वर्ष अध्ययनरत अन्जिता धिमाललाई छात्रवृत्ति प्रदान गरिएको कोषका संयोजक केदार धिमालले जानकारी दिनुभयो । सोही अवसरमा कोषदाता दमक- जम्मुझार निवासी रिता धिमाललाई सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धिमाल जातिय बिकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमाल, पोखरा विश्वविद्यायल उपप्राध्यापक सुशील अधिकारी, सचिवालय सदस्य माेहनकुमार धिमाल, धिमाल विद्यार्थी मन्चका अध्यक्ष तिलक धिमाल, युवा तथा खेलकुद मन्चका अध्यक्ष श्रीप्रसाद धिमाल, पत्रकार मन्चका अध्यक्ष विजय धिमाल लगायतकाे उपस्थिति भएको थियो । कार्यक्रम सञ्चालन कोषका अभियन्ता मात्रिका धिमालले सञ्चालन गरेका थिए भने अजितकुमार धिमालले स्वागत गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल विद्यार्थीलाई छात्रवृत्ति" A few seconds ago

सम्बन्धित खवर