बेलबारीमा आदिवासी जनजाति संस्कृति तथा पर्यटन महोत्सव हुने – Satabdi News

बेलबारीमा आदिवासी जनजाति संस्कृति तथा पर्यटन महोत्सव हुने

१७ माघ, बेलबारी । बेलबारीमा आदिवासी जनजाति सँस्कृति तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

शुक्रबार नेपाल आदिवासी जनजाति महासंघले बेलबारीमा पत्रकार सम्मेलनको आयोजना हो । फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने भएको छ । भ्रमण वर्षलाई लक्ष्यित गर्दै जनजाति, खस आर्य साथै शिल्पी समुदायको कला, सँस्कृतिको समेत प्रदशन गरिने आयोजक समितिले जनाएको छ।

जनजातिहरुको मौलिक खानाको परिकारको व्यवसायिक रुपमा अगाडि बढाउन, भेषभुषाको व्यवसायिकीकरण गर्न र धार्मिक साँस्कृतिक सहिष्णुतालाई बलियो बनाउन कार्यक्रमको उद्धेश्य रहेको महासंघका अध्यक्ष तिलकप्रसाद राईले बताए ।

महोत्सवमा बिभिन्न १६ जातिको आ-आफ्नो स्टल रहेने छ। । त्यस्तै कृषि, प्रविधि तथा अटोमोवायल्स लगायत अन्य सामग्रीको समेत स्टल हुनेछ । कार्यक्रमबाट प्राप्त २६ लाख नाफा रकमले जनजाति समुदायको शिक्षा, स्वास्थ्य, क्षमता विकास, सँस्कार सँस्कृतिको प्रवद्र्धन गरिने बताईएको छ ।

महोत्सवमा दिउँसो विभिन्न चेतना र शिक्षा मुलक कार्यक्रम र साँझ सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रम स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहने भएको छ ।

फोटो सभार उज्यालो प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा आदिवासी जनजाति संस्कृति तथा पर्यटन मह..." A few seconds ago

सम्बन्धित खवर