डोर बहादुर बिष्टको नेपाली अनुबादमा "भाग्यबाद र बिकास" पुस्तकको बिमोचन – Satabdi News

डोर बहादुर बिष्टको नेपाली अनुबादमा “भाग्यबाद र बिकास” पुस्तकको बिमोचन

काठमाडौ । नेपाली मानबशास्त्रको पिता प्राध्यापक डोर बहादुर बिष्टको ९३ औं जन्मोत्सवको अबसरमा कर्णाली ईन्स्टिच्युट र त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय मानबशास्त्र बिभागको संयुक्त आयोजनामा “Fetalism and development” किताबको नेपाली अनुबाद “भाग्यबाद र बिकास” अगेनो, धोबिघाट स्थित ललितपुरमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख बक्ताको रुपमा पहिलो पुस्ताको मानबशास्त्री बिहारी कृष्ण श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले डोर बहादुर बिष्टको बारेमा बोल्नु भएको थियो ।

सन १९९१ मा प्रकाशित भएको उक्त पुस्तक ३० बर्ष पछि नेपाली संस्करणमा अनुबाद गरि बजारमा ल्याईएको हो । उक्त पुस्तक नेपालको सबै भन्दा बढी चर्चित र लोकप्रिय हुनको साथै विष्ट्लाई आलोचित भनाइएको पनि मानिन्छ । बिष्टले लेख्नु भएको पुस्तक नेपाली शव्दमा अनुबाद गरी ल्याउन २५ बर्ष लागेको कुरा लेखक बसन्त थापाले बताउनु भयो । नेपाली शब्द भण्डार कम र एकल शब्द नभएकोले नेपालीमा अनुबाद गर्नु आफैमा निकै चुनौतीपूर्ण काम थियो । यस पुस्तकमा नेपाली अनुबादमा गरिएकोमा केहि गल्ती भएमा संयम लेखकले नै लिने र फेला परेका गल्ती सच्याउनेछु भन्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डोर बहादुर बिष्टको नेपाली अनुबादमा “भाग्य..." A few seconds ago

सम्बन्धित खवर