काठमाण्डौमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई विद्युतीय चुल्हो दिने – Satabdi News

काठमाण्डौमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई विद्युतीय चुल्हो दिने

१० फाल्गुन, काठमाण्डौ । सरकारले विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो बाँड्ने भएको छ।

दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाण्डौमा बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने भएको हो । काठमाण्डौमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरण गर्नेछ। अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई स्तरीकरण गरेर निःशुल्क र केही प्रतिशत छुट अनुदानमा विद्यार्थीलाई चुल्हो वितरण तयारीका साथ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन खुला गरेको छ।

आन्तरिक विद्युत् उत्पादन बढ्दै गएपछि सरकारले विद्युत् खपत वृद्धि गर्न र नेपाली पुँजी बाहिरिनबाट बचाउन २ हजार वाट क्षमताको एकमुखे चुल्हो वितरण गर्नेछ। यसका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो खरिद गर्न टेन्डर प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काठमाण्डौमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्य..." A few seconds ago

सम्बन्धित खवर