प्रदेश सभाको समानुपातिक उम्मेद्बार जसपाको को हुन भिम राई ? – Satabdi News

प्रदेश सभाको समानुपातिक उम्मेद्बार जसपाको को हुन भिम राई ?

२० कार्तिक, मोरङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको आवधिक निर्वाचनमा ठुला भनिएका दलहरुले गठबन्धन र तालमेल गरेर प्रचारप्रसार लाई तिब्रता दिइरहेको छ भने स्वतन्त्र उम्मेदवारहरुले समेत घरदैलो कार्यक्रम गरिरहेको छ ।

आसन्न निर्वाचनमा स्वतन्त्र तर्फबाट धेरै जसो युवा उम्मेदवारहरु छन् भने दलहरुले पार्टीमा लामो समय योगदान गरेर सङ्गठन जीवन बाट निखारिएर आएका नेताहरुलाई उम्मेदवार चयन गरेको पाइन्छ । स्वभाविक रुपमा दलिय राजनितीमा दलहरुले आफ्नो उम्मेदवार प्रतिस्पर्धी भन्दा सुयोग्य र क्षामतावान छनोट गर्ने गर्दछ । नेपालको संविधान २०७२ ले मिश्रित निर्वाचन प्रणालिलाई अवलम्वन गर्ने ग्यारेन्टी गरेको छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली द्वारा आफ्नो जनप्रतिनिधि आफै छान्ने र अर्को आफुले चाहेको दललाई मतदान गरेर समानुपातिक तर्फबाट उम्मेदवार चुन्ने अधिकार को ग्यारेन्टी । त्यस्तै यतिवेला जनता समाजवादी पार्टी नेपालको तर्फबाट एक (१) नम्वर प्रदेशको समानुपातिक तर्फको बन्द सुचिमा युवा नेता भिम राइलाई पहिलो नम्वरमा पार्टीले राखेको छ ।

बुबा अटलमान राई र आमा मैयाँ राईको कोखबाट २०२८ सालमा खोटाङ्ग जिल्ला साविक मौवाबोटेमा जन्मनु भएका भिम राईले स्नातक तह उतिर्ण गरेका छन् । जिवनको उर्वर समय विद्यार्थी राजनितिमा खर्चेका राईले नेपाली राजनितिक वृतमा बौद्धिक र तार्किक नेताको छवि निर्माण गरेको छ।
रास्टृय अन्तरास्ट्रिय राजनितीलाई समेत नजिक बाट विश्लेषण गर्न सक्ने क्षामता भएका राईलाई जसपा भित्र दोस्रो पुस्ताको भरसिलो नेतृत्वको रुपमा हेर्ने गरिन्छ ।

१४ जिल्ला रहेको एक नम्वर प्रदेशमा जसपाको मधेश प्रदेश पछिको दोस्रो राम्रो साङ्गठानिक हैसियत आफुहरुको रहेको जसपाकै नेताहरुले वताउने गरेका छन् । त्यही भएर यो भन्दा अगाडीको निर्वाचनमा दुई साम्सद समानुपातिक तर्फबाट निर्वाचित भएको उनिहरुको दावी छ अहिले समानुपातिक र प्रत्यक्ष दुवै तर्फ मत बढ्नेमा उनीहरु ढुक्क छ।

२०४३ सालमा अनेरास्ववियु को प्राम्भिक कमिटी बाट राजनिती थालनी गरेका राई २०४८ सालमा महेन्द्र बहुमुखी क्याम्पस कमिटी सदस्य चयन भएका थिए। त्यस्तै २०४९ मा जिल्ला कमिटी सदस्य निर्वाचित भएका राई २०५१ मा महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु सचिव निर्वाचित भए ।
विद्यार्थीहरु माझ प्रखर नेताको छवि निर्माण गरेका राईले २०५३ मा स्ववियु सभापति मा शान्दार मतका साथ निर्वाचन जिते । विद्यार्थी आन्दोलन मा आफ्नो शसक्त पहिचान निर्माण गरेका राई २०५४ मा पुर्व अञ्चल स्ववियु काउन्सिल को सभापतिमा समेत निर्वाचित भए ।

राईको विद्यार्थीहरु माझ छुट्टै लोकप्रियता र उचाई कायम भैरहेको बेला राईले २०५४ मै सुनसरी जिल्ला अध्यक्षको जिम्मेवारी लिएका थिए त्यस्तै २०५४ मै राई अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य समेत निर्वाचित भएका थिए ।
एमालेबाट माले बिभाजन हुदा भीम राई माले तिरको विद्यार्थी समुहमा लागे सो समुहको सचिवालय सदस्य हुँदै माले अनेरास्ववियु को २०५८ मा केन्द्रिय अध्यक्ष निर्वाचित हुनु भएका थिए । त्यस्तै २०५७ मा राईले किरात राई विद्यार्थी संघ को स्थापनामा सस्थापक सदस्यको निर्णायक भुमिका समेत निर्वाह गरेका छ्न ।

उनी २०५८ मा मालेको रास्टृय परिषद सदस्य हुँदै २०६२ मा नेकपा एकीकृतको केन्द्रिय सदस्य मा निर्वाचित भएका थिए।
अशोक राई नेतृत्वको २०६९ मा बनेको संघीय समाजवादी पार्टीको केन्द्रिय सदस्य संघीय समाजवादी फोरमको केन्द्रिय सदस्य र समाजवादी विद्यार्थी फोरमको इन्चार्ज समाजवादी पार्टी को केन्द्रिय सदस्य हुँदै हाल जसपा नेपालको राजनितिक समिती सदस्यमा राई क्रियाशिल रहेका छन् ।

नेता राईसंग लामो समय शिक्षण पेशामा काम गरेको अनुभव समेत रहेको छ भने उनले पत्रपत्रिका, अनलाइनहरुमा लेख रचना समेत लेख्ने गरेको छन् । धरानलाई आधार बनाएर राजनीति सुरुवात गरेका कारण हाल राईको वसोवास पनि सुनसरीको धरानमा नै रहेको छ।

भिम राईको चुनावी एजेन्डा
– प्रदेश न: १ लाई विकास को नमुना प्रदेश वनाउन
– उत्पीडित समुदायको आवज शसक्त ढङ्गले उठाउन
– आवज विहिनहरुको आवज वुलन्द गर्न
– प्रदेश एक लाई पहिचान सहितको नामकरण गर्न
– शिल्पी मुश्लिम आदिवासी जनजाती महिला र उत्पीडित समुदायको अधिकार स्थापित गर्न
– वर्तमान सुनिश्चित नभैइ भविष्यको
कुरा गरेर वर्तमान वर्वाद हुन बाट जोगिन
– भ्रस्टाचार विरोधी अभियानको नेतृत्व गर्न
– विकास र समृद्धि को ब्यावहारिक योजना तर्जुमा गर्न
– पर्यावरणीय सन्तुलन कायम गर्न र प्रदुषण मुक्त प्रदेश बनाउन
– युवाहरुको सरोकारका विसयहरुलाई प्रदेश सरकारको प्राथमिक जिम्मेवारी बोध गराउन
– जनमैत्री प्रादेशिक कानुन निर्माण गर्न
– एक नम्वर प्रदेशलाई प्रविधीको हव बनाउन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश सभाको समानुपातिक उम्मेद्बार जसपाको को हु..." A few seconds ago

सम्बन्धित खवर