हङकङमा विभिन्न देशका विद्यार्थीलाई उछिन्दै नेपालको मिलन राई ‘सर्वोत्कृष्ट छात्र’ – Satabdi News

हङकङमा विभिन्न देशका विद्यार्थीलाई उछिन्दै नेपालको मिलन राई ‘सर्वोत्कृष्ट छात्र’

असोज १८, काठमाडौ । पोलिटेक्निक युनिभर्सिटीमा भिजुअल न्युरो साइन्समा विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी मिलन राई विभिन्न देशका विद्यार्थीलाई उछिन्दै मौखिक प्रस्तुतिमा ‘सर्वोत्कृष्ट छात्र’को पुरस्कार पाउन सफल भएका छन्।

सातिनस्थित हङकङ साइन्स पार्कको परिसरमा गत सोमबार आयोजित तेस्रो एसिया-प्यासिफिक न्युरो साइन्स स्टुडेन्ट कंग्रेस र हङकङ स्टुडेन्ट एसोसिएसन अफ न्युरो साइन्सको चौथो वार्षिक सम्मेलनका अवसरमा आफ्नो वैज्ञानिक अनुसान्धनपत्र प्रस्तुत गरेर राई ‘सर्वोत्कृष्ट छात्र’को पुरस्कार पाउन सफल भएका हुन्।

विश्वका विभिन्न विद्यार्थीलाई पछि पार्दै सबैभन्दा उत्कृष्ट विद्यार्थी घोषित हुन सफल राईलाई हङकङ चाइनिज एकाडेमी अफ साइन्सले उक्त अवार्ड प्रदान गरेको हो।

अक्सफोर्ड विश्वविद्यालयका पूर्व उपकुलपती प्रोफेसर निक रलिन्स, हङकङ न्युरोसर्जन सोसाइटीका अध्यक्ष डा. माइकल ली र वरिष्ठ न्युरो साइन्टिस्ट प्रोफेसर ङ सम्मिलित निर्णायक मन्डलले राईलाई उत्कृष्ट विद्यार्थीका रूपमा घोषणा गरेका हुन्।

राईले भारतस्थित तृथङ्कर महावीर युनिभर्सिटीबाट भ्युजएल न्युरो साइन्समा स्वर्ण पदकसहित स्नातक गरेका छन् । उदयपुरका स्थायी बासिन्दा राई सन् २०२२ सेप्टेम्बरबाट हङकङ पोलिटेक्निक युनिभर्सिटीबाट सोही विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हङकङमा विभिन्न देशका विद्यार्थीलाई उछिन्दै नेपा..." A few seconds ago

सम्बन्धित खवर