१ माघ, बेलबारी । माघे संक्रान्ति को अवसर पारेर नेपाल मगर संघ बेलबारी नगर समितीको आयोजना मा मगर समुदायहरु भेला भइ शुभकामना आदानप्रदान गरि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मगर संघ नगर कार्य समिति बेलबारीको आयोजनमा बेलबारी १० भाउन्ने स्थित मगर संघको धार्मिक बनमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भएको हो । नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक मुलुक भएकोले सबैको भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्नु पर्ने साथै बेलबारी मा रहेको मगर समुदायले बेलबारी नगरपालिकाबाट पाउनु पर्ने सुविधा नपाएकोमा अबको दिनहरुमा नगरपालिकाबाट गर्ने सक्ने सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्दै सुभकामना ब्यक्त गरे ।
कार्यक्रमका नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेशका अध्यक्ष रेख बहादुर तामाङ, धिमाल जाति विकास केन्दका केन्द्रीय महासचिव केदार धिमाल र शुभकामना मन्तव्य दिएका थिए । कार्यृक्रममा नेपाल मगर संघ बेलबारी नगर समितीको तर्फबाट मेखराज मगर, खडि बहादुर पुवर मगर, बल बहादुर मगर, राम बहादुर पिठा कोठे मगर र चन्द बहादुर राणा मगर शर्मिला लुङेली मगर सन्तोस पिथाकोटे मगरलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो । नेपाल मगर संघ बेलबारीको अध्यक्ष केशव थापा मगर ले बेलबारी नगर बासी र देश – बिदेश मा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनी हरुलाइ नेपाली हरुको चाड माघे सन्क्रान्तीको सुभकामना ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बौद्ध गुम्बाका पुजारी भक्त बहादुर मगरले स्वागत मन्तव्य दिएको हो । नेपाल मगर संघ नगर कार्य समिति बेलबारीका अध्यक्ष केशव थापाको सभापतित्व सम्पन्न भएको हो भने संचलन नगर सचिव अमिर मगरले गर्नु भएको हो ।