२७ पौष, बेलबारी । किरात कुलुङ समुदायले येले सम्वत ५०८० को स्वागत गर्दै शनिबार चाक्चाकुर मनाएको हो । नेपाल किरात कुलुङ भाषा सस्कृति तथा उत्थान संघ जिल्ला समन्वय समिति मोरङको आयोजनमा बेलबारी ११ मा रहेको किरात कुलुङ धार्मिक बनमा येले सम्वत ५०८० शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य माननीय राजकुमार ओझाले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि माननीय राजकुमार ओझाले सबै कुलुङ समुदायहरुलाई सूचीकृत गर्न हुन आग्रह गर्दै सुचिकृत हुनु बाकी कुलुङ समुदायलाई आफुले गर्न सक्ने सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अतिथिहरुमा बेलबारी नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुली, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष तिलक प्रसाद राई, उर्लाबारीका अध्यक्ष मणि श्रेष्ठ, बेलबारी वडा नं ११ अध्यक्ष राजन पोखरेल, पथरी बहुमुखी क्याम्पसमा स्ववियु उपाध्यक्ष निता कुलुङ राई लगायतको उपस्थिति रहेको थियो ।