२१ पुस, गाईघाट । किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा रामकर राई निर्वाचित भएका छन् । आइतबार उदयपुरको गाईघाटमा सम्पन्न संघको ५औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा रामकर राई निर्वाचित भएका हुन् ।
सम्मेलनको उद्घाटन गत शनिबार भएको थियो । त्यस्तै संघको उपाध्यक्षमा शालिक शतासक, रोशन राई र सुशीला राई रहेका छन् भने महासचिवमा नवीन राई, सचिवमा सुरज राई, पदम राई, पूर्ण छिरिङ निर्वाचित भएका छन् ।
कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः मुकेश राई र महेन्द्र राई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कला राई, भद्र राई, डम्बरबहादुर राई, निश्चल राई सुखकला राई, स्नेहा राई, चन्द्र राई, धनिराम राई र प्रेमकला राई रहेका छन् ।
उक्त सम्मेलनका उद्घाटन समारोहमा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, शम्भु राई, सुपरिचित अभिनेता दयाहाङ राई लगायतको प्रस्तुती रहेको थियो ।
फोटो साभार – सार्वजानिक.कम