किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलनको आज समापन हुदै – Satabdi News

किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलनको आज समापन हुदै

२० पौष, गाईघाट । किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलनको आज समापन हुदै छ । कलाकार संघ केन्द्रिय कार्य समितिको आयोजनामा दुई दिने ऐतिहासिक पाँचौँ सम्मेलन शनिबारबाट सुरु भएको थियो ।

“किराँत सस्कृति हाम्रो शान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ १ न. प्रदेश किराँत प्रदेश हुनु पर्ने मागका साथ सम्मेलनको उद्घाटन भएको हो । किरातीहरुको नयाँ वर्ष माघ १ गते ऐलेसम्वत् ५०८० को शुभकामना आदान प्रदान समेत भएको थियो ।

ऐतिहासिक सम्मेलनको उद्घाटन कार्यक्रममा नाट्य विधाबाट फिल्मि क्षेत्रमा छिरेका चर्चित नायक दयाहाङ राई, पुराना लोकप्रिय गायक जितने राई, सम्भु राई, विशन मुकारुङ र चर्चित गायीका पार्वती राई, सत्यकला राई, बेनुका राई लगायतका ख्यातीप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो ।

लोक प्रिय तथा चर्चित गायक गाईकाहरुले ‘पारुहाङ्की सन्तान तिमि’, ‘आलु दम चना’, ‘घर ता  हिले हो’ ‘हङ्कङ आईडी’, ‘खोर्सानी डल्ले’, ‘सुम्निामा जस्तै देखिन्छु’ लगायतका बोलका गीतहरु प्रस्तुत गरेका थिए ।

संघले कला, सस्कार, सस्कृतिको जगेर्ना गर्ने काम गरेको प्रतिनिधि सभाका सदस्य सुरेसकुमार राई (हिमाल) राईले बताए । किरात कुनै जाति र थर नभई सभ्यता भएकाले १ नं. प्रदेशको नाम किरात राख्नु पर्नेमा जोड दिएको छ ।

प्रदेशको नाम किरात राख्नमा आफु लागि परेको राईले बताए । प्रदेशको नामाकरण अरु केहि नभई किरात हुनु पर्दछ । प्रदेशको नाम किरात भए प्रदेशमा बसोबास गर्ने सवै जाती, धर्म, सस्कार, सस्कृतिको संरक्षण गर्ने भन्दै राई सक्षम र सवल कार्य समिति पाउने शुभकामना दिएका छन् ।

कलाकारहरु एक जुट भएर संगठनीक रुपले अगाडी बढ्नु पर्ने नायक दयाहाङ् राईले बताए । कलाको सम्मान नभएको र मुन्दुम भन्ने शब्द राज्यले शब्द कोषमा समेटे पनि त्यसको सहि व्याख्या र विश्लेषण नगरी वेवास्था गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेल..." A few seconds ago

सम्बन्धित खवर