१५ पौष, बेलबारी । नेपाल भ्रमण वर्ष २०२० लक्षित नेपाल कम्युनिष्ट पार्टी नेकपा बेलबारीले सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ ।
मंगलबार बेलबारीमा आयाेजित पत्रकार सम्मेलन गरि साे बारे जानकारी गराएकाे छ । बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री बनाउदै पर्यटकीय सम्पदाहरुको संरक्षण, प्रर्बद्धन र प्रचारप्रसार गरी सफा बेलबारी बनाउने अभियान अन्तर्गत बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको नगर सचिव रविन थापाले जानकारी दिनुभयाे ।
नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीले याे कार्यक्रम सबै बेलबारीबासीको भएको बताउनुभयाे । कुनै पनि कार्यक्रममा कसै न कसैले पहलकदमी लिनु पर्ने आवश्यकता भएकाले नेकपा बेलबारीले अगुवाई मात्र गरेकाे उहाँले प्रष्ट्याउनु भयाे । घाेषीत कार्यक्रम अनुसार बुधबार बिहान पुर्बपश्चिम राजमार्गको चिसाङ खोलादेखि पश्चिम र किस्तीखोलाको पुलदेखि पुर्बको राजमार्ग सफाई सहित बेतना सिमसार क्षेत्रमा समापन गरिनेछ ।
बेलबारी नगरमा आउने पर्यटकहरुलाई स्वागत, पर्यटकीय स्थलहरुको प्रचारात्मक सामाग्री प्रर्दशनी र सरसफाई कार्यक्रम रहेको सचिव रविन थापाले जनकारी दिनु भयाे ।
पत्रकार सम्मेलनमा नगर अध्यक्ष पर्शुराम सुवेदी, सचिव रविन थापा, सदस्यहरु मिलन राई, गणेश अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।