झापाको कार्यक्रममा सहभागी भए यायोक्खा अध्यक्षलाई कालोझण्डा देखाइने – Satabdi News

झापाको कार्यक्रममा सहभागी भए यायोक्खा अध्यक्षलाई कालोझण्डा देखाइने

११ पौष, दमक । किरात राई विद्यार्थी संघ झापा जिल्ला समितिले संगठनको विवाद समाधान नगरेसम्म झापा जिल्लाको कुनै पनि कार्यक्रममा सहभागी नहुन किरात राई यायोक्खाका अध्यक्ष दिवस राईलाई आग्रह गरेको छ ।

पुस १२ गते शनिबार झापाको दमकमा हुन लागेको किरात राई कोयु कोयी सोदेलको अधिवेशनमा यायोक्खा अध्यक्ष राई प्रमुख अतिथि भएर सहभागी हुन लागेको भन्दै किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष सुनिल राई र सहसचिव मिलन राईले शुक्रबार प्रेस विज्ञप्ती निकाली दमकको कार्यक्रममा सहभागी नहुन आग्रह गरेको हो ।

खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनपछि विवाद उत्पन्न जितेन राई र रामचन्द्र राईको अध्यक्षतामा दुई अलग अलग समिति गठन गरिएको छ । उक्त विवाद समाधान गर्ने सन्दर्भमा यायोक्खा अध्यक्षले चासो नदिएको रामचन्द्र राई पक्षधरको भनाइ छ ।

आफुहरुले आग्रह गर्दागर्दै पनि दमकको कार्यक्रममा सहभागी भए कडा प्रतिवाद गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।

कोयी कोयुहरुको अधिवेशनलाई प्रभावित पार्ने चाहना नभएको प्रष्ट पार्दै विज्ञप्तीमा भनिएको छ, ‘यस अनुरोधलाई बेवास्ता गरे उक्त घटनाबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने जानकारी गराउँदछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापाको कार्यक्रममा सहभागी भए यायोक्खा अध्यक्षला..." A few seconds ago

सम्बन्धित खवर