समुन्नत समाजवादले मात्रै देशको मुहार फेरिन्छ : बरिष्ठ नेता अशोक कुमार राई – Satabdi News

समुन्नत समाजवादले मात्रै देशको मुहार फेरिन्छ : बरिष्ठ नेता अशोक कुमार राई

११ पौष, इटहरी । समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसको आयोजनामा एक दिने अभिमुखी-करण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

शुक्रबार सुनसरीको इटहरी स्थित सत्कार पार्टी प्यालेसमा समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता अशोक राइले विद्यार्थीहरु आगामी नेतृत्वका लागि जिम्मेवार रहनुपर्ने उल्लेख गर्दै पहिचान सहितको समुन्नत समाजवाद नै अबको मुलुक परिवर्तनको नीति भएको बताए ।

संगठनमा आवद्ध विद्यार्थीहरुलाई प्रशिक्षण दिने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा विशेष अतिथि तथा पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज कार्की, केन्द्रिय सदस्य पदम अधिकारी, समिति सल्लाहकार ध्रुव सब्बा, पार्टीका प्रदेश सदस्य दिपेस राई, सिताराम सुचारु, समाजवादी विद्यार्थी युनियनको केन्द्रिय उपमहासचिव दिनेश दंगाल, सचिब रामचन्द्र राई, केन्द्रीय सदस्य कलम पोखरेल, केन्द्रीय सदस्य अरुण कुलुङ राई लगाएतका अन्य नेताहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसको अध्यक्ष चन्द्र किरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरीका विभिन्न विद्यालयबाट संगठित करिब तीन सय विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समुन्नत समाजवादले मात्रै देशको मुहार फेरिन्छ : ..." A few seconds ago

सम्बन्धित खवर