नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेशको अध्यक्षमा रेखबहादुर तामाङ – Satabdi News

नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेशको अध्यक्षमा रेखबहादुर तामाङ

०३ पौष, मोरंङ । नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेश नम्बर १ को अध्यक्षमा बेलबारीका रेखबहादुर तामाङ चयन भएका छ ।
अध्यक्ष पदका लागि भएको चुनावमा ८९ मत प्राप्त गरि उनी अध्यक्षमा चयन भएका हो । त्यसैगरी अध्यक्षका अर्का उम्मेदवार धनकुटा निवासी सन्तवीर मोक्तानले ५९ मत मात्र प्राप्त गरेको थियो ।
मतदाताको संङख्या भने १ सय ५१ रहेको थियो । खसेको मतबाट ३ वटा मत बदर भएको थियो ।
अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
त्यसै गरि प्रदेश समितिको उपाध्यक्षमा बिपिन स्यान्बो (संखुवासभा) , लिला तामाङ (भोजपुर) , सचिबमा तिलक पाख्रिन (झापा) , कोषअध्यक्ष जानुकला तामाङ (सुनसरी) र सह- सचिवमा राजेन्द्र तामाङ (पाचथर) रहेका छन् । पुस १ गते शुरु भएको सम्मेलन दुई दिन सम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेशको अध्यक्षमा र..." A few seconds ago

सम्बन्धित खवर