सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई हराउदै रोयल फुटबल क्लब झापा बिजयी ; “दोस्रो कुसुमे उधौली कप – २०७६” – Satabdi News

सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई हराउदै रोयल फुटबल क्लब झापा बिजयी ; “दोस्रो कुसुमे उधौली कप – २०७६”

२६ मंसिर, केरावारी । केराबारी–९ कुसुमेमा जारी दोस्रो कुसुमे उधोली कप प्रतियोगितामा रोयल फुटबल क्लब झापा बिजयी भएको छ ।

बिहिबार भएको फाईनल खेलमा सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई ३–१ गोल अन्तरले पराजित गदै रोयल फुटबल क्लब बिजयी भएको हो ।

खेलको पहिलो र दोस्रो हपमा दुवै टिमले गोल गर्न नसके पछि खोल ट्राईबेकरमा पुगेको थियो । रोयल फुटबल क्लवको तर्फबाट जसी नं ६ का खेलाडी आशिष चौधरी, जसी नं ९ का खेलाडी रुद« कार्की र जसी नं १० का खेलाडी बुढाथोकीले गोल गरेका थिए भने सशस्त्र प्रहरी बल पुर्वाञ्चलको तर्फबाट उमेश चौधरीले मात्र गोल गरेका थिए ।

प्रतियोगितामा बिजयी रोयल फुटबल क्लबले नगद रु ५१ हजार प्राप्त गरेको छ भने उप–बिजेता सशस्त्र प्रहरी बल पुर्वाञ्चलले नगद रु ३१ हजार प्राप्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई हराउदै रोयल फुट..." A few seconds ago

सम्बन्धित खवर