२५ मंसिर, काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कार सहितको प्याकेज घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतलाई ३ लाख पुरस्कारको घोषणा गरे।
अघिल्लो सागमा सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्य पदक विजेता खेलाडीलाई दुई लाख रुपैयाँ प्रदान गरेको थियो।
प्रधानमन्त्रीको घोषणा अनुसार १३औँ सागमा पौडीबाट चारवटा स्वर्ण पदक जितेकी १७ वर्षीया गौरिका सिंहले ५६ लाख रुपैयाँ पाउने भएकी छन्। उनले पौडीबाट चार स्वर्ण र २ रजत पदक जितेकी थिइन्।
प्रधानमन्त्रीले एक स्वर्ण जित्नेलाई ९ लाख तथा २ वा त्यो भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्रीको घोषणा अनुसार गल्फतर्फ २ स्वर्ण जित्ने सुवास तामाङले २२ लाख पाउने भएका छन्। उनले गल्फ पुरुष एकलबाट र पुरुष टिम इभेन्टबाट स्वर्ण पदक जितेका थिए।
त्यसैगरी कराँतेका मण्डेकाजी श्रेष्ठले पनि सरकारबाट २२ लाख रुपैयाँ पाउने भएका छन्। उनले कराँते एकल काता र पुरुष टिम इभेन्टबाट स्वर्ण पदक जितेका थिए।
नेपालका लागि २ स्वर्ण पदक जित्ने अर्को नाम हो आयशा शाक्य। उनले पनि २२ लाख रुपैयाँ पाउने भएकी छन्।
शाक्यले तेक्वान्दोको २९ वर्षमाथि पुम्सेतर्फबाट पहिलो स्वर्ण पदक जितेकी थिइन्। आयशाले सञ्जीवकुमार पाण्डेसँग मिलेर २९ वर्षमाथिकै पुम्सेतर्फ अर्को स्वर्ण पदक जितेकी थिइन्।
नेपालले घलेु भूमिमा भएको १३औँ साग खेलकुदमा कीर्तिमानी ५१ स्वर्ण पदक जितेको थियो। सागमा दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्णसँगै ६० रजत र ९५ कास्य पदक पनि जितेको थियो।
स्वर्ण विजेताको पुरस्कार
१) स्वर्ण पदक ९०००००।- (नौ लाख रुपैयाँ)
२) रजत पदक ६०००००।- (६ लाख रुपैयाँ)
३) कस्य पदक ३०००००।- (तीन लाख रुपैयाँ)
४) टिम स्वर्ण ५०००००।- (पाँच लाख रुपैयाँ)
स्वर्ण विजेताहरु
कराँते
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)-
लक्ष्मण तामाङ (५५ केजी कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
कुसुम खड्का (४५ केजी मुनी)
अनु अधिकारी (५० केजी मूनि)
नवीन रसाइली (६७ केजी)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)
तेक्वान्दो
कमल श्रेष्ठ (२३-२९ वर्ष पुम्से )
सिना मादेन लिम्बू ( १७-२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३-२९ वर्ष पुम्से )
आयशा शाक्य (२९ वर्षमाथि पुम्से )
आयशा शाक्य र सञ्जीकुमार पाण्डे (२९ वर्षमाथि पुम्से)
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७-२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३-२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
भुपेन श्रेष्ठ (८७ गेरुगी)
ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा
उसु
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो,नान्दौ)
जुनी राई (सान्डा सान्सो)
एथलेटिक्स
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)
साइक्लिङ
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी मगर (क्रस कन्ट्री)
वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)
बक्सिङ
सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )
पौडी
गौरिका सिंह (२ सय मिटर फ्रीस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रीस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गय्रिका (१०० मिटर फ्रीस्टाइल)
भारतोलन
सन्जु चौधरी (५९ केजी )
विकास थापा (पुरुष ८९ केजी तौल )
जुडो
पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)
गल्फ
सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, निरज तामाङ (पुरुष टिम इभेन्ट्स )
फुटबल
पुरुष फुटबल
कुस्ती
संगीता धामी