२५ मंसिर, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद ९सागको उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो ।
१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो ।
आतिसबाजी सँगै ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्न सकिन्छ । यसलाई सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।