"दोस्रो कुसुमे उधौली कप - २०७६" उद्द्घाटन, आयोजक टिमलाई हराउदै झापा विजयी । – Satabdi News

“दोस्रो कुसुमे उधौली कप – २०७६” उद्द्घाटन, आयोजक टिमलाई हराउदै झापा विजयी ।

२० मंसिर, मोरङ । मोरङको केराबारीमा कुसुमे साइनिङ क्लबद्वारा आयोजित खुल्ला नकाआउट फुटबल प्रतियोगिता “दोस्रो कुसुमे उधौली कप – २०७६” को औपचारी रुपमा उद्द्घाटन भएको छ ।

किरातहरुको महान उधौली पर्वको उपलक्ष्यमा आयोजित दोस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिताको उद्धघाटन केराबारी गाउँपालीका उप-प्रमुख शान्ति लिम्बु भुजेलले दिप प्रज्ज्वलका साथै बेलुन उडाएर गरेका थिए।

आज शुक्रबार भएको उद्धघाटन खेलमा आयोजक टिम कुसुमे साइनिक क्लबलाई ५-३ को अन्तरले पराजित गर्दै रोयल स्पोर्टिङ क्लब झापा विजयी भएको हो। खेल प्रतिस्पर्धात्मक भएता पनि निर्धारित अवधीभर दुबै टिम गोल रहित भएकाले खेल ट्राइबेरमा टुङ्गिएको थियो।

झापाको तर्फबाट सागर लिम्बू , विकास लामा, मोहन गुरुङ, रोशन तामाङ र सन्जिव बुढाथोकीले गोल गरेका थिए।
आयोजक टिमको तर्फबाट महेश लिम्बू, हिकमेन लिम्बू र दिवस गुरुङ्ले गोल गरेका थिए।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै झापाका रोशन तामाङ म्यान अप दि म्याच भएका थिए।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गर्ने छन् ।

भोलिको खेल सशस्त्र प्रहरी बल पूर्वाञ्चल र लेटाङ फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ। प्रतियोगिता कुसुमे खेल मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“दोस्रो कुसुमे उधौली कप – २०७६̶..." A few seconds ago

सम्बन्धित खवर