काठमाडौं। समाजवादी पार्टी निकट दलित संगठन शिल्पी विशेष प्रदेश समितिले शिल्पी विशेष प्रदेश समितिमा र अन्तर्राष्ट्रिय (प्रबास) क्षेत्रमा सदस्य थप गरेको छ ।
शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शिल्पी विशेष प्रदेश समिति सदस्यमा कमला दुवाल विश्वकर्मा (सिन्धुली) लाई मनोनित गरेको छ ।
सो बैठकले राज्यका सम्पूर्ण निकाय र संरचनामा शिल्पी (दलित) समुदायको पूर्णसमानुपातिक सहभागीता, आत्मसम्मान, सामाजिक न्याय र मानवअधिकारको सुनिश्चित गर्दै सम्मानजनक शिल्पी पहिचान स्थापनाको मुद्दालाई अन्तर्राष्ट्रिय (प्रवास) क्षेत्रमा समेत बहस, पैरवी, छलफल र अभियान सञ्चालन गर्न प्रारम्भिक रूपमा जीवन शंकर (दक्षिण कोरिया) तथा सुरेन्द्र नगर्ची, मोहन विश्वकर्मा (भारत) र लोकेन्द्र श्रीपाइली (भारत) लाई जिम्मेवारी दिने गरि शिल्पी विशेष प्रदेश समितिमा मनोनित गर्ने निर्णय गरेको छ ।
सो बैठकले प्रदेश समितिको दोस्रो विस्तारित बैठक कात्तिक २६ गते मंगलबार प्रदेश समिति कार्यालय बालकुमारीमा बस्ने निर्णय पनि गरेको छ । शिल्पी जागरण अभियानका क्रममा पार्टी निर्माण, संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रम र पार्टी सदस्यता वितरणलाई अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी उप–महासचिव तथा प्रदेश समिति इन्चार्ज दानबहादुर विश्वकर्मा र पार्टी केन्द्रीय सदस्य तथा प्रदेश समिति सह–इन्चार्ज कमला हेमचुरीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको मुख्यसचिव डिबी नेपालीले बताए ।