महिला मन्त्रालयमा पुरूष मन्त्री – Satabdi News

महिला मन्त्रालयमा पुरूष मन्त्री

५ मंसिर , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको २१ महिनामा मन्त्रालय पुनःगठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी हुन् । मन्त्रिपरिषद् पुनः गठन हुँदा महिला मन्त्रालय पुरुषको भागमा परेको छ । यस अगि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा थिइन् ।

मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई हटाएर दोलखाका सांसद पार्वत गुरुङलाई जिम्मेवारी दिइएको छ । ज्यान मार्ने उद्योगको आरोप लागेका गुरुङ साधारण तारेखमा रिहा भएका थिए । उनी विरुद्ध कात्तिक ३ गते आइतबार काठमाडौं जिल्ला अदालका न्यायाधीश पुणेश्वर प्रसाद उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । पूर्वएमाले कोटाबाट सांसद जितेका गुरुङविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा गरिएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महिला मन्त्रालयमा पुरूष मन्त्री" A few seconds ago

सम्बन्धित खवर