ब्वाइज युनियन फाइनल प्रवेश – Satabdi News

ब्वाइज युनियन फाइनल प्रवेश

बेलबारी । ब्वाइज क्लबलाई हराउदै ब्वाइज युनियन काठमाण्डौ तेस्रो डाँगीहाट गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
बिहिबार भएको पहिलो सेमिफाइनलमा काठमाण्डौकै ब्वाइज क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै ब्वाइज युनियनले उपाधि भिडन्तको स्थान पक्का गरेको हो ।
मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी खेलमा १ गोल उपहार स्वरुप पाएको ब्वाइज युनियनले थप ३ गोल गरेको थियो । ब्वाइज युनियनका अफ्रिकन खेलाडी मिसुकेले २ गोल गरे भने विटु तामाङले १ गोल गरे । ब्वाइज युनियनका तम्पी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । शुक्रबार धरान फुटबल क्लब सुनसरी र आयोजक डाँगीहाट फुटबल क्लब रातो बिच दोस्रो सेमिफाइनल हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ब्वाइज युनियन फाइनल प्रवेश" A few seconds ago

सम्बन्धित खवर