धिमाल राष्ट्रिय फुटबल कपको ट्रफि प्रदर्शनी – Satabdi News

धिमाल राष्ट्रिय फुटबल कपको ट्रफि प्रदर्शनी

बिर्तामोड । धिमाल राष्ट्रिय फूटबल कप २०७६ को ट्रफि, मेडल र जर्सी एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।
आइतबार बिर्तामोड स्थित सि.टि. पार्टि प्यालेसको सभा कक्षमा विशेष कार्यक्रमका साथ ट्रफि, मेडल र जर्सी सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रतियोगीताको ट्रफि प्रमुख अतिथि रहनु भएका धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, मेडल विशिष्ट अतिथि झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ र जर्सी विशिष्ट अतिथि झापा फुटबल संघका अध्यक्ष भगिरथ आलेले सार्वजनिक गर्नु भएको थियो ।

मानबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, विशिष्ट अतिथिहरुमा झापा फुटबल संघका अध्यक्ष भगिरथ आले, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमाल, प्रशान्त भण्डारी, हिमाल खरेल लगायतको उपस्थिती रहेको थियो । कार्तिक ३० गते देखि शुरु हुने प्रतियोगीतामा बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी, दमक, विर्तामोड, मेचिनगर र आयोजक टिमको सहभागीता रहने आयोजक धिमाल सेवा समाजका अध्यक्ष मानबहादुर धिमालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल राष्ट्रिय फुटबल कपको ट्रफि प्रदर्शनी" A few seconds ago

सम्बन्धित खवर