आज देखी डाँगिहाट गोल्डकप – Satabdi News

आज देखी डाँगिहाट गोल्डकप

बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप आज आइतबार देखी सुरु हुने भएको छ ।
डाँगीहाट फुटबल क्लवले आयोजना गरेको तेश्रो डाँगीहाट फुटबल प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष छत्र लिम्बुले जनाएका छन । बेलबारी नगरपालिकाको वार्ड नम्बर १०, भाउन्नेको प्रस्तावित रंगशालामा हुने फुटबल प्रतियोगीता, क्लवको तेश्रो श्रृंखला हो ।

आज हुने उद्घाटन खेलमा काकडभिट्टा ट्रेनिङ्ग सेन्टर र चर्च व्बाइज काठमाण्डौ भिड्ने छन् ।
प्रतियोगितामा आठ वटा टिम सहभागी हुनेछ, जसमा आयोजकका दुइ वटा टीमहरु रहेका छन् । सहभागी अन्य टीमहरुमा काकडभिट्टा ट्रेनिङ्ग सेन्टर, चर्च व्बाइज काठमाण्डौ, ब्वाइज युनियन काठमाण्डौ, जी.पी.एस.सी. सिराहा र पुर्वान्चल फुटबल क्लव पाँचथर रहेका छन् । प्रतियोगिताको विजेताले तीन लाख एक हजार रुपैयाँ, उपविजेताले दुइ लाख एक हजार रुपैयाँका साथ ट्रफी र प्रमाण पत्र पाउने छन् । खेलमा उत्कृष्ट खेलाडीले तीस हजार नगद, अत्याधिक गोलकर्ताले पन्ध्र हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफील्डर, कोच र उदयीमान खेलाडीले दश दश हजार नगद पुरस्कार पाउने छन् ।

कार्तिक १० गते फाइनल खेल हुने प्रतियोगिता हेर्नका लागि दर्शकले एक सय र पचास रुपैयाँको टिकेट लिनु पर्नेछ । खेल अवधिभर खेल मैदानमा निशुल्क वाइफाई जडान गरिने छ भने खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज देखी डाँगिहाट गोल्डकप" A few seconds ago

सम्बन्धित खवर