
कबिता “साकेला हो जिन्दगी”
खुक्सङ खम्बु राई जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो जिन्दगी ! रिसिया गाउँदै जिन्दगीको शिली टिप्दै जाऊ ढोलझ्याम्टाको तालमा जिन्दगीको लय खिप्दै जाऊ जिन्दगी गतिशिल छ बालक वृद्ध हुन्छ समय परिवर्तनशिल छ वर्खापछि हिउँद लाग्छ ए प्रकृतिपुजक ! जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो