जनगणना सम्बन्धि प्रचार प्रसार अभियानमा राई विद्यार्थी संघ – Satabdi News

जनगणना सम्बन्धि प्रचार प्रसार अभियानमा राई विद्यार्थी संघ

कातिक १२, इटहरी । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिती सुनसरीले जनगणना सम्बन्धि अभियान सुरु गरेको छ ।

संघले बिहीबार जनता बहुमुखी क्याम्पस देखि इटहरी चोक हुँदै जिल्लाको विभिन्न ठाउँमा प्रचारप्रसार तथा पोस्टर वितरण अभियान सुरु गरेको हो ।

उक्त अभियानको लागि सुबास वाम्बुले राईद्वारा आर्थिक सहयोग प्राप्त भएको आरती वात्पाङ राईले जानकारी दिइन् ।

आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ मा किरात राई जातीको सहि तथ्यांक संकलनका लागि अभियान सुचारु गरिएको किरावि संघ सुनसरीले जनाएको छ ।
संघद्वारा जारी अपिल पत्रमा किरात राई समुदायले जातिको महलमा राई, धर्मको महलमा किरात, मतृभाषा र पूर्खाको भाषामा आफ्नो थर गत भाषा र दोस्रो भाषामा नजिकको राई जातिको कुनै एक थरगत भाषा वा किरातीहरु मध्येको कुनै एक भाषा लेख्न/लेखाउन उल्लेख गरिएको छ ।

राई विद्यार्थी नेताहरुको उपस्थितिमा इटहरीको मुख्य चोक, तरहरा चोक, चतरा, नयाँपुल साथै उदयपुरको बेलका नगरपालिका-८ सोमबारेसम्म प्रचारप्रसार अभियान सञ्चालन गरिएको विद्यार्थी नेता नविन्द्र चाम्लिङले जानकारी दिए ।

उक्त प्रचारप्रसार एवं पोस्टर वितरण अभियानमा विद्यार्थी नेता नविन्द्र चाम्लिङ, आरती वात्पाङ राई, साजन राई, नवराज किराती, विमल किराती, दिल कुमार राई, रोयल राई लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनगणना सम्बन्धि प्रचार प्रसार अभियानमा राई विद्..." A few seconds ago

सम्बन्धित खवर