जनगणना सम्बन्धी बान्तावा खिम र ‘बुङ्वाखा’को अपिलः जातिमा ‘राई’, धर्ममा ‘किरात’ लेखौं/लेखाऔं – Satabdi News

जनगणना सम्बन्धी बान्तावा खिम र ‘बुङ्वाखा’को अपिलः जातिमा ‘राई’, धर्ममा ‘किरात’ लेखौं/लेखाऔं

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले एक अपिल सार्वजनिक गरेको छ ।

आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म सञ्चालन हुने जनगणनामा बान्तावा र बान्तावाभाषीहरको लागि यस्तो अपिल गरिएको हो ।

आगामी जनगणनालाई लक्षित गरेर बातावा राई र बान्तावा भाषीहरुको लागि किरात राई बानतावा खिम र बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ले संयुक्त रुपमा उक्त अपिल पत्र सार्वजनिक गरेको हो ।

उक्त अपिल पत्रमा बान्तावा राईहरुले जातिको महलमा ‘राई’, पुर्खाको भाषामा बान्तावा, मातृभाषामा बान्तावा र धर्मको महलमा ‘किरात’ लेख्न र लेखाउन आग्रह गरिएको छ ।

त्यस्तै दोस्रो भाषाकोम हलमा नजिकमा बोलिने कुनै किरात राई जातिको भाषाहरु लेख्न तथा लेखाउन अनुरोध गरिएको छ ।

जनगणनामा सोधिने प्रश्नहरु र भन्नुपर्ने कुराहरुः
जात/जातिमा के हो ? = राई
पुर्खाको भाषा कुन हो ? = बान्तावा
मातृभाषा कुन हो ? = बान्तावा
दोस्रो भाषा कुन हो ? = नजिकमा बोलिने कुनै किरात राई भाषाहरु
कुन धर्म मान्नु हुन्छ ? = किरात

कुनै पनि जातिको अधिकार पाउनको निम्ति मुख्य वेश नै भाषा, धर्म, संस्कृति र पहिचान भएको बान्तावा खिमले जनाएको छ ।

भाषा, धर्म, संस्कृति लोप भएमा राज्यबाट पाउने अधिकार पनि लोप हुने खतरा रहेको जारी अपिल पत्रमा उल्लेख गरिएको छ ।

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को मुल गणना यही कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनगणना सम्बन्धी बान्तावा खिम र ‘बुङ्वाखा’को अपि..." A few seconds ago

सम्बन्धित खवर