रोजिना गिरी प्रकरण : हत्यारालाई कार्वाहीको माग गर्दै सावित्री सहित स्थानियद्वारा प्रदर्शन – Satabdi News

रोजिना गिरी प्रकरण : हत्यारालाई कार्वाहीको माग गर्दै सावित्री सहित स्थानियद्वारा प्रदर्शन

असोज ०५, बेलबारी । सुन्दरहरैचा नगरपालिका सलकपुरकी रोजिना गिरीको हत्या गरिएको भन्दै स्थानीय र आफन्तद्वारा विरोध प्रदर्शन गरेका छ्न । ईलाका प्रहरी कार्यलय बेलबारी अगाडी उनीहरुले करिब आधा घण्टा प्रर्दशन गरेका हुन ।

प्रर्दशनका कारण केहीसमय पुर्बपश्चिम लोकमार्ग अबरुद्ध भएको थियो । प्रहरीले सो भिडलाई हटाएपछि केही सडक सुचारु भएको छ । प्रर्दशनमा महिला अधिकारकर्मी साबित्री सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

रोजिनाको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाहीको माग सहित उनीहरुले प्रर्दशन गरेका हुन । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हतय भएको आफन्तले आरोप लाएका छन् ।

सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले रोजी घरको आफ्नै कोठाभित्र चुकुल लगाइएको अवस्थामा मृत भेटिएको बताएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको, बाँकी कुरा पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सकिने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रोजिना गिरी प्रकरण : हत्यारालाई कार्वाहीको माग ..." A few seconds ago

सम्बन्धित खवर