सुनसरीबाट लागूऔषध ओसारपसार आरोपमा ३ भारतीयसहित ५ जना पक्राउ – Satabdi News

सुनसरीबाट लागूऔषध ओसारपसार आरोपमा ३ भारतीयसहित ५ जना पक्राउ

२८ भाद्र, इटहरी । प्रहरीले सुनसरीको विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३ भारतीय नागरिक सहित ५ जनालाई पक्राउ गरेको छ ।

सोमबार सप्तरी जिल्लाको हनुमाननगरबाट ठुलो मात्रामा लागूऔषध सुनसरीतर्फ ल्याइँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट सप्तरीको हनुमान नगर कंकालनी–७ बस्ने २१ वर्षीय सुरज ठाकुर, भारतको विहारस्थित सुपौल भगवानपुर पञ्चायत सम्दाहागडी–१२ बस्ने २२ वर्षीय अवशेषकुमार मण्डल र २५ वर्षीय रोशन मण्डललाई लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ६० बोतल डाईलेक्स डीसी, १ हजार थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद २० हजार रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले जिल्लाको भोक्राह नर्सिङ–६ बाट अर्का एकजना भारतीय नागरिकलाई पनि लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विहारको अररीया जिल्लाको बेलगामा पञ्चायत घुर्ना थाना–५ घर भएका १९ वर्षीय रुपेस कुमार मेहता छन् ।

उनको साथबाट डाईलेक्स डीसी सय एमएलको १६ बोतल, नाईट्रोसन ८० ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लस १ सय २० क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारबाही प्रक्रियाका लागि सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थपेर कानुनी पक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीको चेकिङ टोलीले इनरुवा नगरपालिका– ४ बसपार्क आसपास आकस्मिकरुपमा जाँच गर्ने क्रममा हरिनगरा गाउँपालिका–४ बस्ने ४० बर्षीय विष्णु ऋषिदेवलाई १२ हजार २ सय ४० फाइल ट्रामाडोल क्याप्सुल आइपी ५० एमजीकोसहित पक्राउ गरेको जनाएको छ ।
ऋषिदेवलाई भने प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनसरीबाट लागूऔषध ओसारपसार आरोपमा ३ भारतीयसहित ..." A few seconds ago

सम्बन्धित खवर