इटहरीको एक वडाध्यक्षलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने पक्राउ – Satabdi News

इटहरीको एक वडाध्यक्षलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने पक्राउ

२८ भाद्र,  इटहरी । इटहरी उपमहानगरपालिका वडा– १९ का वडा अध्यक्ष नारायण चौधरीलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमक झापाको सहयोगमा वडाध्यक्ष चौधरीलाई फोन गरी गालीगलौज धम्की दिई नगद २० लाख रुपैयाँ मागी मागी फरार रहेका झापा दमक नगरपालिका १ बस्ने २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनकै घरबाट पक्राउ गरिएको श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन– २०७४ अनुसार अभद्र व्यवहार शीर्षकमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट कानुनी प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरीको एक वडाध्यक्षलाई फोन गरेर धम्की दिदै २० ..." A few seconds ago

सम्बन्धित खवर