आज–२६ भाद्र २०७८ शनिवारको राशिफल – Satabdi News

आज–२६ भाद्र २०७८ शनिवारको राशिफल

मेष । आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

वृष । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन । आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कर्कट । आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी या कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ ।

सिंह । आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

कन्या । आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाईने छ । रमणीय र सुखद यात्राको योग छ ।

तुला । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

वृश्चिक । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

धनु । अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । यात्राको योग पनि छ ।

मकर । आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

कुम्भ । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मीन । आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज–२६ भाद्र २०७८ शनिवारको राशिफल" A few seconds ago

सम्बन्धित खवर