दिदी र बहिनीले एकैपटक लोकसेवामा नाम निकाले;बुवा पारसनाथ खुशीले गदगद – Satabdi News

दिदी र बहिनीले एकैपटक लोकसेवामा नाम निकाले;बुवा पारसनाथ खुशीले गदगद

वीरगञ्ज, २३ माघ । बाराको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन् ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन् । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला कुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका छन् ।

दुवै जनाले स्वास्थ्य सेवामै नाम निकालेका हुन् । बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखरा अन्र्तगत अनमी पदमा नाम निकालेकी हुन् भने, कान्छी छोरी कौशिलाले पनि सोही प्रदेशको स्वास्थ्य सेवाको अहेब पदमा नाम निकालेकी हुन् ।

आफना दुबै छोरीहरुको कठोर मेहनत र अध्ययनप्रतिको लगनशीलताको कारणले उनीहरुले नाम निकालेको बुवा बरैको भनाई छ । उनी भन्छन्, ‘समाजमा छोरीहरु छोरा भन्दा कम छैनन् उनीहरुले पनि छोरा जस्तै काम गरेर देखाउन सक्छन, छोराहरु जस्तै शिक्षा र अवसर छोरीहरुलाई पनि दिनु प¥यो ।’

आफनो छोरीहरुलाई जागिर गर्ने बनाएर आफनै खुट्टामा उभिएपछि मात्रै बिहे गर्ने सोचका साथ अघि बढाएको उनी बताउँछन । बिहेको बारेमा भने बरैको पनि अलग नै सोच छ । तराई मधेसमा रहेको दाईजो प्रथाको भने उनी बिरोधी हुन । उनले भने, ‘म आफ्नी छोरीहरुको बिहेमा एक रुपैया पनि दाईजो दिनेवाला छैन, दाईजो दिएर बिहेबारी गर्नु राम्रो होईन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दिदी र बहिनीले एकैपटक लोकसेवामा नाम निकाले;बुवा..." A few seconds ago

सम्बन्धित खवर