बिराटनगरको महेन्द्व मोरङ क्याम्पसबाट परीक्षा हुनु अघि नै प्रश्न पत्र गायब, प्रशासन मौन – Satabdi News

बिराटनगरको महेन्द्व मोरङ क्याम्पसबाट परीक्षा हुनु अघि नै प्रश्न पत्र गायब, प्रशासन मौन

फागुन २३, विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस बिराटनगरको परीक्षा शाखाबाटै बिज्ञान संकायको तेश्रो वर्षको माइक्रो बायोलोजीको प्रश्नपत्रको बण्डल गायब भएको छ ।

प्रश्नपत्रको बण्डल शुक्रबार नै गायब भए पनि क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले शनिबार बेलुका मात्र थाहा पाए पनि गायब भएको सुचना भने आईतबार दिउँसो मात्रै सार्वजनिक भएको हो ।

आईतबार अधिकांश विद्यार्थीहरुले प्रश्नपत्र चोेरेरै कुल ५० पूर्णांकको परीक्षा दिएका छन् । क्याम्पस प्रशासनको लापरबाहीले प्रश्नपत्र गायब भएको विद्यार्थी संगठनहरुको आरोप छ । परीक्षा अधिकृत हरि तिम्सिना, सहायक केन्द्राध्यक्ष सुशील अधिकारी र केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको मिलेमत्तोमा प्रश्नपत्र गायब गरिएको समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता साहिल झाको दाबी छ ।

विद्यार्थी संगठनहरुले क्याम्पस प्रति आक्रोश व्यक्त गर्दै उक्त गतिविधिमा संलग्नलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिराटनगरको महेन्द्व मोरङ क्याम्पसबाट परीक्षा हु..." A few seconds ago

सम्बन्धित खवर