पथरीशनिश्चर फुटबल क्लब सेमिफाईलनमा प्रवेश “भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७” – Satabdi News

पथरीशनिश्चर फुटबल क्लब सेमिफाईलनमा प्रवेश “भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७”

२६ माघ, मोरङ । मोरङको बेलबारी–१० मा भाउन्ने युथ क्लबद्वारा आयोजित “भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७” को दोस्रो दिनको खेल सम्पन भएको छ ।

सोमबार भएको खेलमा डागीहाँट फुटबल क्लबलाई ३–० को अन्तरले पराजित गर्दै पथरीशनिश्चरे फुटबल क्लब पथरी विजयी भएको हो । पथरीशनिश्चरेको तर्फबाट खेलको पहिलो हाफको जर्सी नं ११ का सौय राउत, जर्सी नं १६ का निमन लिम्बु र जर्सी नं १५ का जहरमान लिम्बु गरेका छन् ।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै पथरीशनिश्चरे जर्सी नं ०४ का युकेश तामाङ्ग म्यान अप दि म्याच भएका छन् । म्यान अप दि म्याचको पुरस्कार आजका प्रमुख अथिति बेलबारी वडा नं ०४ का अध्यक्ष राम कुमार राईले प्रदान गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छ भने उप–विजेता टिमले नगद रु ३१ हजार ३ सय ३१ प्राप्त गर्ने छन् ।

भोलि हुने खेल आयोजक टिम भाउन्ने  (निलो) र सगरमाथा फुटबल क्लब बिराटचोक बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिता बेलबारी वडा नं १० स्थित भाउन्ने रगंशालामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पथरीशनिश्चर फुटबल क्लब सेमिफाईलनमा प्रवेश “भाउ..." A few seconds ago

सम्बन्धित खवर