१७ वर्षीया किशोरी माथि सामुहिक बलात्कार, एक अभियुक्त पक्राउ – Satabdi News

१७ वर्षीया किशोरी माथि सामुहिक बलात्कार, एक अभियुक्त पक्राउ

पुस २९, बैतडी । बैतडीमा १७ वर्षीया किशोरी माथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् ।

घटनामा संलग्‍न अर्का एक अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामूहिक बलात्कार गरेर फरार भएका थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "१७ वर्षीया किशोरी माथि सामुहिक बलात्कार, एक अभि..." A few seconds ago

सम्बन्धित खवर